आत्मदाह नगरौँ                  

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० १९:३६ बजे
आत्मदाह

काठमाडौं । आज काठमाडौंको बानेश्वर संसद् भवन अगाडि एक युवाले  आत्मदाहको प्रयास गरेको भिडियो भाइरल भएको छ। उसले आफ्नो शरीरमा आगो लगाए पछि आगोले शरीर जलाउँदै गर्दा पीडाले चिच्याइ रहेको हुन्छन।

उनको चिच्याहट सुनेर बाटोमा हिँडिरहेका  स्कुले बालबालीकाहरूले  आफूले विद्यालयमा टिप्नका लागी बोतलमा लिएको पानी त्यो व्यक्ति शरीरको चारैतर्फ फाल्छन्आत्मदाहकारी पिँडाले  सडकमा लढ्छ त्यसपछि केही मान्छेहरू उनको शरीरको आगो  निभाउन प्रयास गर्दछन् । प्रधानमन्त्री पुष्प कमल दाहाल संसद् भवन बाट निस्किएर सोही बाट गए लगत्तै  आत्मादाहको प्रयास गरेका भनिएको छ।

उच्च राजनीतिक संस्कृतिसंस्कार भएको मुलुकमा सरकारले यस्ता विषयलाई  सरकार र राज्यव्यवस्था विरुद्धको आक्रोसकोरुपमा अत्यन्तै गम्भीररूपमा लिइ उनले त्यस्तो किन गरेका हुन सो समस्याको समाधान गरि पुन कुनै पनि नागरिकले यस्तो नगरून् भनी सोही अनुसारका  निती र व्यवस्था गरेको हुन्छन। तर नेपालमा  अहिलेको अत्याचारी  अन्याय  व्यवस्था र राजनीतिक प्रणाली रहे सम्म आत्मादहको केही दिन सामाजिक सञ्जालमा प्रचार भए पनि राज्यसत्तालाई कुनै फरक पर्दैन। मनोविज्ञानका रुपमा आत्महत्या गर्नु भनेको निराशा ,हिनता र  कायरता पनि हो।

यो गलत बाटो कुनै पनि व्यक्तिले अपनाउनु हुदैन। राज्यव्यवस्था , राजनीतिराजनीतिक प्रणाली अन्यायी अत्याचारी भएमा त्यसलाई बदल्न सबै युवाहरूले  वैचारिक सचेततापूर्वक सङ्गठितरूपमा एकसाथ विद्रोह गरेर मात्र सम्भव हुन्छ। शासकले जनताका कुरा तव मात्र सुन्छ जव उसको लुटको राज्यसत्तामा गम्भिर संकट सृजना हुन्छ। त्यसकारण एक्लाएक्लै आत्मदाह होइन सचेततापूर्वक सगठित विद्रोह का लागी एकजुट हौ।

२०७९ माघ १० १९:३६ बजे

प्रतिक्रिया