सरकार पछिल्लो पाँच बर्षमा नेपालमा २६७ मन्त्री

सरकार पछिल्लो पाँच बर्षमा नेपालमा २६७ मन्त्री

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १६:२२ बजे
-मन्त्री

काठमाडौं । संघियता घोषण पछिको  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो कार्यकाल सत्ता संर्घषमै वितेको छ । पाँचवर्षे कार्यकालमा संघ र प्रदेशमा गरी २६७ करिब (एक तिहाई सांसद)   मन्त्री बनेका छन् ।  यस  अवधिमा संघिय सरकारमा ९५ र सात वटै  प्रदेशमा गरेर १७२ जना  मन्त्री भएका छन् । २०७४ मंसिरमा  निर्वाचित  प्रदेश सभाका ५५० सांसद मध्ये १४ जना तः मुख्य मन्त्री नै बने ।

संघमा एकपटक मात्र सरकारको  नेतृत्व परिर्वतन भयो  तर  पटकपटक  मन्त्री  हेरफेर गरीयो  । पाँच वटा  प्रदेशमा मुख्य मन्त्री  हेरफेर  भयो भने  मधेश र सुदूरपश्चिममा  मुख्य मन्त्री परिर्वतन नभएपनि  मन्त्री  थपघट  गरीएका छन् । 

संविधानको धारा १६८ (९)मा प्रदेश सभाको  कुल सदस्य  संद्ययाको २० प्रतिशत भन्दा  बढी  नहुने गरी  प्रदेशमन्त्रीपरिषद्  गठन गर्ने सकिने उल्लेख छ । यस हिसावले कर्णाली प्रदेशमा  ८ सदस्यीय सुदूरपश्चिम  प्रदेशमा ११ सदस्यीय , गण्डकी  प्रदेशमा १२ सदस्यीय, लुम्बीनी प्रदेशमा १७ सदस्यीय, प्रदेश १ मा १९ सदस्यीय ,  मघेश प्रदेशमा २१सदस्यीय र  बागमती प्रदेशमा २२ सदस्यीय मन्त्री परिषद्   गठन  गर्न सकिन्छ ।

अहिले सुदूरपश्चिममा ६, कर्णालीमा ७ , मघेशमा ९ , गण्डकीमा ११ ,  लुम्बीनी र प्रदेश १ मा  १२) १२  र  बागमती  प्रदेशमा १३ मन्त्रालय  रहेका छन् । सत्ताको  सबै भन्दा  चर्को  संघर्ष  कर्णाली  प्रदेशमा भयो  ।  ४० सदस्यीय  कर्णाली प्रदेश  सभाका  आधा भन्दा  बढी  २१ जना  सांसद सरकारमा  पुगेका छन् । प्रदेश १ मा  ३४ र   बागमतीमा ३३ जना  मन्त्री   भएका छन् ।  

 १०७ सदस्य  मघेश प्रदेश  सभाका हाल सम्म १७ सांसद मात्रै मन्त्री बनेका छन् । संविधानले  अधिकत्म २१ सदस्य  मन्त्री  परिषद्  गठन गर्न सक्ने  प्रावधान  राखे पनि  अहिले १४ सदस्यीय  मन्त्रीमण्डल रहेको छ ।  मन्त्रालयको संख्या ९ रहेको छ ।

संघमा ५ वर्षमा ९५  मन्त्री  

 प्रतिनिधि  सभाको  पाँच  वर्षे कार्याकालमा  एमाले अध्यक्ष ओलीको पाला देखी   अहिलेका  नेपालीका  कांग्रेसका  शेर बहादुर  देउवाको  पाला सम्ममा ९५ जना  मन्त्री  भएका छन् । हाल सम्म भएका  मन्त्रीहरुमा  केपी ओलीको  पालामा ६६ जना मन्त्री भएका छन् । यता  शेर बहादुर  देउवाको पालामा ३२ जना  मन्त्री  भएका छन् ।  नेकपा एमाले  अध्यक्ष ओलीको  कार्याकाल ३ वर्षको  मात्रै  रहेको थियो ।  यस बिचमा मन्त्री  बनेका ९५ जना  मध्ये  गजेन्द्र बहादुर हमाल,  गोविन्दप्रसाद कोइराला  दावा लामा सांसल  होइनन् । 

२०७९ साउन २४ १६:२२ बजे

प्रतिक्रिया