मानव कल्याण समाज नेपालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

bimbonline दिवेश कुमार महतो
२०७९ माघ १० १९:१४ बजे
मानव कल्याण समाज

जनकपुरधाम । धनुषाको मिथिला बिहा री नगरपालिका वार्ड नं (८ कचुरी स्थित रहेको मानव कल्याण समाज नेपाल को तेस्रो वार्षिक साधारणसभा भव्यताको साथ सम्पन्न गरिएको छ।

No description available.

मानव कल्याण समाज नेपाल का अध्यक्ष रबिता देवी यादवको अध्यक्षतामा प्रदेश अनुसन्धान तथा परिक्षण केन्द्र जनकपुरधामको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य हिरा साहले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक प्रमोद कुमार यादवले संस्थाको कामकारबाही र संस्थाले गरेको कामहरुको बारेमा र आगामी रणनितीको बारेमा प्रस्तुत गर्नुभएको थियो। 

सदभावपुर्ण,समतामुलक,आत्मनिर्भर तथा समृद्ध समाजको स्थापनाको लागि स्थापना भएको यस संस्थाले विभिन्न कालखण्डमा किसान लगायत अति विपिन्न समुदायका मानिसहरूलाई सहयोग गरेको कुरा बताउनुभयो। साथै समाजिक, सहयोग ,सदभाव अभिवृद्धि समान्त मानव अधिकार संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन मार्फत गरिब विपन्न तथा सिमांकृत समुदायको अधिकार प्रत्याभूत तथा जीवनस्तर उकास्न समतामुलक, आत्मनिर्भर सभ्य समृद्ध समाजको स्थापना का लागि यो संस्था तत्पर रहेको कुरा जिकिर गर्नुभयो।

कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले संस्था प्रति धन्यवाद व्यक्त गर्दै किसान प्रति जोड दिन आग्रह गर्नुभयो। यादवका अनुसार यस प्रदेशमा कृषिको सम्भावना धेरै भएतापनि जसरी कृषि क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने हो त्यहाँ कतै न कतै संघीय सरकार चुकेको अवस्था रहेको बताउनुभयो। एउटा इन्जिनियरले आफ्नो छोरालाई इन्जिनियर बनाउन खोज्छन्,एउटा डाक्टरले आफ्नो छोरालाई डाक्टर बनाउन खोज्छन् तर एउटा किसानले आफ्नो छोरालाई किसान बनाउन किन खोज्दैनन् । सरकारले कृषि लाई हेपेकै कारण किसानका छोराछोरीहरु पलायन हुने अवस्था सिर्जना भएको बताउनुभयो। 

No description available.

 समाज उत्थान र मानवको कल्याण हुने जगतमा उल्लेखनीय भुमिका निर्वाह गरेकाहरुलाई प्रमुख अतिथि यादवले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने संस्थाका अध्यक्षले प्रमुख अतिथि लाई समेत दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

कार्यक्रममा मानब कल्याण समाज नेपाल का सल्लाहकार एवम् कबिर बाल आश्रम जनकपुरधामका अध्यक्ष श्री सत्यनारायण आलोक (बाबा ज्यु) , कानुनी सल्लाहकार डा। अधिवक्ता कालेश्वर महतो,इन इलम हेल्पेटास नेपाल मधेस प्रदेश संयोजक कृष्णलाल कर्ण ,पुर्व मधेस प्रदेश सांसद चमेली देवी दास, प्रदेश अनुसन्धान तथा परिक्षण केन्द्र जनकपुरधामका प्रतिनिधि अर्जुण कुशवाहा लगायत किसानवर्ग, बुध्दिजिवि एवम् पत्रकारहरुको उपस्थिति रहेको थियोे।

No description available.

२०७९ माघ १० १९:१४ बजे

प्रतिक्रिया