प्रमुख आयुक्तका नाममा नै अख्तियारमा उजुरी

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० ११:३७ बजे
अख्तियारमा उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  पूर्वप्रमुखहरुका विरुद्ध  अख्तियारमा उजुरी परेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुकसूर्यनाथ उपाध्याय , पूर्व आयुक्त मानध्वज भट्ट पूर्व आयुक्त इन्द्रबहादुर शेरचन ,  पूर्व आयुक्त कृष्णबल्लभ काफ्ले ,  पूर्व आयुक्त बासुदेव लामिछाने बहुविवादित ललिता निवासक्याम्प का वारे मिलोमतो गरि कार्वाहि नगरि भ्रष्टाजन्य कार्य  गरि भ्रष्टाचार गरेको हुदा पाँच जना आयुक्तले कानुनले तोकेको कार्य नगरेको ले कार्वाहि गरि पाउन उजुरी दर्ता गरेका छन।

उजुरीमा भनिएको छकि ललिता निवास  अर्न्तगतको करिब १५५ रोपनी सरकारी जग्गा गैह्रकानूनी तवरले रुक्म शम्शेर जवरा समेत ५ जनाले निजी हक कायम गर्ने गरी दर्ता गरेको बिरुद्धमा यसभन्दा पहिले यसै आयोगमा परेको उजूरी माथि तत्कालीन प्रमुख आयुक्तले कारवाही गर्ने क्रममा मालपोत कार्यालयको दर्ता कारवाहीको सक्कल मिसिल गैह्रकानूनी रुपमा जग्गा दर्ता गर्ने गराउने व्यक्ति र मालपोतका कर्मचारीसमेतले आफ्ना अभिष्ट, स्वार्थ र कर्तुत लुकाउन कार्यालयको अभिलेखमा नरहेका जग्गा दर्ता गर्दाका अप्रमाणित कागजातलाई प्रमाणमा लिन नहुने प्रतिलिपिहरू, जसलाई प्रमाणको रुपमा ग्रहण नै गर्न नहुनेमा ग्रहण गरी मा.पो.का. मा अभिलेखमा नै नभएको भनिएको मिसिल तर्फ आवश्यक थप अनुसन्धान नगरी सरकारी जग्गा दर्ता गरे गराए तर्फ दर्ता गर्नेहरूलाई कारवाही नहुने गरी उजूरीलाई तामेलीमा राखी सरकारी जग्गा जे जसरी जो जसले अपचलन गरी गैह्रकानुनी रुपमा लिए खाएर राज्यलाई हानी नोक्सानी पुर्याए बापत ती पदाधिकारी र व्यक्तिहरूलाई भ्रष्टाचारजन्य कसूरमा कारवाही गर्नुपर्नेमा नगरी आफ्नो पदीय जिम्मेवारीबाट च्यूत भै भ्रष्ट्राचारीहरु संगै मिलेमतो गरेको कार्य समेत भ्रष्टाचारकै कसूर भएकोले सरकारी जग्गा दर्ता गर्ने गराउने सबैलाई कसूरको मात्रा र दर्जा अनुसार हदैसम्मको कारवाही गरी सरकारी जग्गाको संरक्षण गरी पाउन उजुरी गरिएको छ।

अधिवक्ता एके तिम्लसेना समेतका व्यक्तिहरूले हिजो  उजुरी दर्ता गराएको हुन। उजुरीको दर्ता न‍‍‍ C-036957 2079170109   रहेको छ। यस उजुरीमा कार्वाहि हुन्छ वा हुदैन हेर्न वाकि छ।


२०७९ माघ १० ११:३७ बजे

प्रतिक्रिया