" नेताजी"

bimbonline करन दयाल
२०७९ माघ १० ०९:४७ बजे
करन दयाल

म गरिबको झुग्गि झोपडिमा के खान आउलान र।

त्यहा दुखैको मात्र भवसागर छ त्याँ के पाउलान र।

गरिबी रेखाको दलदलमा मात्र सिमित बसिरहेका

छन नेताजिहरू त्यहा गएर के खान पाउलान र ।

 

भोटमाग्ने बेला  पचास रूपिया देलान नेता जि ।

यो वस्ति सदरमुकाम बनाउने बाँचा बोल्लान नेता जि।

झुटाकुराका फट्याइँ गरेर चलाखिपुर्ण भ्रमजाल मात्र

गर्ने गरि आमातिमि बुवा तिमी भनेर भन्लान नेता जि।

जसरी पनि जनतालाई भ्रामक पारेर जित्नेछन नेता जि।

 

नेता जि जनतालाई भ्रम गर्ने अवस्था नसोचेकै राम्रो होला।

जनता अब नेताको विस्वासमा छैन नेता जि बुझ्नु  होला 

आज सम्म तपाइहरूका ब्यक्ति प्रभुत्व बादका  देश बिरोधि

कृयाकलाप बुझि सक्नु भएको छ नेता जि ध्यान गर्न होला।

 

गरिब निमुखा बस्तिहरूमा जनचेतना जगाउनु पर्छ।

जनताको जनमुखि आन्दोलनको थालनि गर्नै  पर्छ।

देशका दुस्मनको किल्ला भत्काउनुमा कुनै कसर नछोडेर

जनताको जनसागरलाई परिचालन गरेर जानुपर्छ।

 

जनताको जनचेतना जागिसकेको छ भन्ने बताउनु पर्छ।

जनता देशको निर्णयात्मक शक्ति हो भनेर जनाउनु पर्छ।

जनता जनसागरमा परिणत  भएर देशका दुस्मनहरू

लाई खेदी जनताको जनसरकारको स्थापना गर्न पर्छ।

 

   

 

 

२०७९ माघ १० ०९:४७ बजे

प्रतिक्रिया