कुशवाहा जाति बारे विद्यावारिधि गर्न सफल भए कालेश्वर महतो

bimbonline दिवेश कुमार महतो
२०७९ माघ ९ १९:३८ बजे
कालेश्वर महतो

जनकपुरधाम । कुशवाहा जातिको ऐतिहासिक अध्ययन गर्नमा धनुषा निवासी कालेश्वर महतो पहिलो व्यक्तिको रुपमा आफ्नो नाम राख्न सफल भएको छ। साविक गाविस नक्टाझिज,धनुषा निवासी कालेश्वर महतो हाल जनकपुरधाम उपमहानगरपालिका-१४ , मा बस्दै आएको र कुशवाहा जातिको ऐतिहासिक अध्ययन गरेर नेपालमै पहिलो व्यक्तिको रुपमा आफ्नो नाम राख्न सफल भएको छ।

Open photo

पेसाले अधिवक्ता र हाल त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी समेत गरेको कालेश्वर महतोले कुशवाहा समाजको संगठन विस्तार देखि संगठन निर्माण गर्नमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा समाजिक शास्त्र संकाय अन्तर्गत कुशवाहा जातिको ईतिहासमा डाक्टर अफ फिलोसोफी (पिएचडी) को लागि सबै कार्य सफलतापूर्वक पुरा गरेका छन्। विसं २०६८ को जनगणना अनुसार अनुमानित ३ लाख ५० हजार कुशवाहा जातिको बसोबास नेपालमा रहेको छ।

नेपालको दक्षिणी भेगमा पर्ने तराई मधेसमा कुशवाहा जातिको बसोबास अत्यधिक मात्रामा रहेको छ। साथै उपत्यका लगायत नेपाल भरि छरिएका सम्पुर्ण कुशवंसी समाजको उत्थान र इतिहासमा कुशवाहा जातिको योगदानलाई दर्साउन कालेश्वर महतोले कुशवाहा जातिको ऐतिहासिक अध्ययन गरेर सर्टिफिकेट प्राप्त गरेका हुन्।

Open photo

२०७९ माघ ९ १९:३८ बजे

प्रतिक्रिया