काठमाडौं । संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत गरेको आरोपमा प्रहरीले २१ वर्षीय दिपक शेर्पालाई पक्राउ गरेको छ । बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको
हो ।
प्रहरीका अनुसार मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको हो । स्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया