आजको मौसम

bimbonline डम्मर धामी
२०७९ माघ ९ १०:५५ बजे
आजको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझ बाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 आज देशभर मौसम सामान्यतया सफा रहनेछ। आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

पूर्व तराईमा लागेको हुस्सु कुहिरो पनि विस्तारै सुधार हुँदै जाने भएको छ । बिहानको समयमा देशको तराईका थोरै भू-भागहरूमा लागेको हुस्सु-कुहिरो मध्याह्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु आवश्यक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

२०७९ माघ ९ १०:५५ बजे

प्रतिक्रिया