सरकार , तिमिप्रति लाग्दैन विश्वास -

bimbonline करन दयाल
२०७९ माघ ९ ०९:०१ बजे
करन दयाल

यो सरकार जनमुखी सरकार जस्तो लाग्दैन।

देशलाई समृद्धि तिर लग्छभन्ने पटक्कै लाग्दैन।

देशमा एम सि सि जस्ता घातक प्रयोजनालाई

खारेज गर्छन भन्ने लाग्छ र कदापि लाग्दैन।

 

किन भने हिजो एमसिसिआफैले निमत्याएका हुन।

त्यसैले सरकारको प्रतिपक्षमा नजाने निर्णयगरेका हुन।

रास्ट्रघाति षड्यन्त्र योजनाबध्द किसमबाट यिनको खेल

चलिरहेकाछ भन्नेमा सरकारको समर्थनले प्रमाणित छन।

 

यो मेरो देशको राजनिति थिएन यो बिदेशिको मात्र थियो।

त्यसैले अरूकै इसारामा गोलमटोल गरेर समर्थन दियो।

अबदेशले यिनको विशेषता लाई बुझ्न पर्ने आवश्यकता

देखिएको छ जनताले तुरुन्तै देश बचाउनु कस्सिन पर्नेछ।

 

हिजो चुनावमा देशलाई समृद्धि मात्रै ल्याछौ भनिरहेका थिए।

भोटमाग्न फिक्का झुटा कुराहरू हवामा उडाई रहेका थिए।

आज त्यो दिन आइसकेका छ जनतासित बोलेका कुरामा

पटक्कै अनभिज्ञ देखिए जनतालाई झुटाकुरा मात्र दिए।

 

आजभोलि सत्ता समिकरणको होडबाजि मात्र चलेको छ।

को कहाँ के पदको मन्त्री बनाउने भन्नेमा मात्रै फोकस छ।

प्रधानमन्त्री गृहमन्त्री जेजति मन्त्री हुन्छन भागबन्डामा

मात्र यिनको गिद्वेनजर छ  ब्यक्ति समृध्द हुनुमा छ।

 

२०७९ माघ ९ ०९:०१ बजे

प्रतिक्रिया