धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी

धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १४:३५ बजे
गरगहना चोरी

 काठमाडौं ।  काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीमा  भारीलो  हतियार  देखाई  गरगहाना  चोरी  डकैती  गरीएको छ । ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको  भएको हो । 

 प्रहरीका अनुसार अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार  चएका हुन्। प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७९ साउन २४ १४:३५ बजे

प्रतिक्रिया