गुगोल वकिलको एकअनुभुति-

गुगोल आवस्यक तयारीसाथ ईजलासमा उपस्थित भए। संयुक्त ईजलासमा श्रीमानले शुरुमै जिज्ञासा राख्दै वकील साहेव, कपाल……….. भन्दै अरु के के भन्न बाँकि नै थियो, यता गुगोल वकिलको मन मष्तिस्कमा त्यो शब्दले फरक सोच बनाउन पुग्यो ।

bimbonline नरेन्द्र देवकोटा
२०७९ माघ ८ १२:०२ बजे
वकिल

मिति २०७७/११/११ गते को बिहानको ११.३० को समय हुनुपर्छ । बिपक्षीलाई बालिका उपर जवरजस्ति करणी तथा अमानविय ब्यवहार गरेको आरोपमा पीडितको तर्फबाट पुनराबेदकको भुमिकामा जकरजस्ति करणीतर्फको कसुर ठहरी भसकेको र अमानवीय ब्यवहार तर्फको कसुर नठहरेको हकमा कसुर ठहराउन अन्यायीलाई अदालतमा झिकाई सुनुवाइ हुनुपर्छ भन्ने बिषयमा केन्द्रित भै झकडिया झिकाउने आदेश गराउने तयारीसाथ "गुगोल"नामका वकिल इजलासमा उपस्थिति भईहेको थियो ।

 प्रत्यर्थिले अमानबिय व्यवहार हुने कसुरमा पिडीत बालीकालाई मिठाईमा लठ्ठ पार्ने औषधी मिसाई खुवाई  कपाल मुडुलो हुनेगरी काटेर असोभनिय बनाएको भन्ने समेतको दाबि रहेको थियो । त्यसतर्फ कसुर गरेको शुरु जिल्ला अदालतबाट नठहरेपछि पुनराबेदन परेको थियो । जवरजस्ति करणी तर्फमात्र नभई अमानविय कसुर गरेको तर्फ पनि कसुर ठहराई सजाय गरिपाउने बिषयमा बहसको लागि उपस्थिति भएका थिए "गुगोल" नामका वकिल ।

बहसमा उपस्थित हुनु पुर्व ति वकीलको लवाई खवाई आवश्यक पोसाक राम्रै मिलाएर गएका थिए । गुगोल भन्ने वकिलले कपालको रौँ काट्न भ्याएका थिएनन् उनलाई कपालको रौँ नमिलेको भान भैरहेको थियो ।कपाल छोट्याएर चिटिक्क परेर जान पाए हुन्थ्यो भन्ने मनमनै सोच्दै वकिल गुगोल गैरहेका थिए उच्च अदालततिर । बहसमा जाँदा आवस्यक कागजात कानूनका किताब नजिर आदि तयारीसाथ जानुपर्छ भन्ने गुगोल नामका वकीललाई राम्ररी थाहा थियो 

       आवस्यक सरसफाई शिष्ट व्यवहार गर्नु पर्छ भन्ने पनि थाहा थियो । आफ्नो कपालको रौँ अलि छोटो पार्न समय नमिलेको तर्फ कुरो भने खेलाई रहेका थिए । यसबाहेक शुन्दर मुस्कान सहित उपस्थिति हुने त छँदैछ। गुगोल आवस्यक तयारीसाथ ईजलासमा उपस्थित  भए।  संयुक्त ईजलासमा श्रीमानले शुरुमै जिज्ञासा राख्दै वकील साहेवकपाल……….. भन्दै अरु के के भन्न बाँकि नै थियोयता गुगोल वकिलको मन मष्तिस्कमा त्यो शब्दले फरक सोच बनाउन पुग्यो । "गुगोल वकीलले साँच्चिकै आफ्नो कपाल बढेर नराम्रो देखिरहेछ कि क्या हो भद्वा देखिरहेछु कि क्या हो भन्दै उनको मनमा ७ रेक्टर स्केलको भुईँचालो  गएको महसुस गरे" । तैपनि संयमीत भैरहेका थिए गुगोल वकिल।

 

एकछिन पछि श्रीमानबाट प्रत्यर्थी प्रतिबादीले पीडित भनिएकि बालिका लाई कपाल काटेर शुन्दर सफा नै बनाउन खोजेको देखिन्छ । मिसिल कागजातबाटकपाल काटेर रूप बिगारेको त कतैबाट देखिदैन । फोटो पनि छैन  ईजलास मध्येका प्रमुख न्यायाधीशले त्यति भनेपछि  वकीलले आफुलाई भनिएको रहेनछ, मुद्दा भित्रकै कुरा रहेछ भनेर आफुलाई सजिलो भएको महसुस गर्दै श्रीमान् आफ्नो ईच्छा र स्वतन्त्रता बिरुद्द पिडितको कपाल काटिएको  , त्यसलाई पिडितले लेखाएको कागज र देख्नेहरुले लेखाईदिएको कागजका साथै अन्यायीले अनुसन्धान अधिकारी र अदालतमा गरिदिएको बयान कागजातबाट देखिन्छजुन कागज सक्कल मिसिलमै छन् भनीरहेका थिए ।

 एकातिर बलात्कृत भएको पीडा पिडित बालिकालाई छँदैछथप बिग्रेको कपाल लाई फोटो सहित राख्दा पिडितले जहिल्यै आफ्नो राखिएको फोटो अरु कसैले हेर्यो भने के होला भनेर मानसिक रुपमा जहिले पिडितलाई झन पिडा हुने भएकोले फोटो नराखिएको हो भनेपछि फोटो पेश गर्न नपर्ने भन्ने कुरा आयो। झगडिया झिकाउनु पर्ने या नपर्ने बिषयमा केन्द्रित बहस भएकोले प्रतिबादीको तर्फबाट बहस त्यो दिन भएन । न्यायाधिसहरुबाट अन्यायीलाई झिकाउनु पर्ने आधार र कारण देखियो भन्ने आदेश हुँदै थियो ।

त्यो दिन पीडित तर्फको बहस गरिरहदा "गुगोल" नामका वकीलले आफुलाई जता जाँदापनि आवस्यक तयारी र सजावट गरेर मात्र उपस्थित हुनुपर्ने कुराको "अनुभुति" गरिरहेका थिए ।

(लेखक-जिल्ला न्यायधिवक्ता (उपसचिव) सरकारी वकिल कार्यालय डोटीका प्रमुख हुनुहुन्छ )

 

२०७९ माघ ८ १२:०२ बजे

प्रतिक्रिया