भारतीय नक्कली नोटको कारोबार : जिफन्टका सचिव पक्राउ

प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ १०:११ बजे
पक्राउ

काठमाडौँ । ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्त भारतीय नक्कली रुपैयाँ किन्न खोजेको भन्दै पक्राउ परेका छन् ।  नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान थालेको छ ।

२०७९ माघ ८ १०:११ बजे

प्रतिक्रिया