अष्टेलियामा फैलियो सनातन संस्कृतिको ओम् शान्ति सन्देश !

क्यान्बेराको नेपाली कम्युनिटी, वागा वागाको नेपाली कम्युनिटी र ग्लीनवुड वेस्ट्रन सिड्नीका नेपाली र भारतीय कम्युनिटीसँग अलग अलग भेटघाट एवं ज्ञान चर्चा भएको थियो । यसै दौरान एडीलेडमा रहनुहुने अध्यात्मप्रेमी नेपाली दाजु भाइ दिदी बहिनीहरुसँग ज्ञान चर्चा गर्ने क्रममा नेपालीहरुको उत्साहजनक उपस्थितिले गर्दा उहाँहरुले स्वयं नेपालमा नै भएको जस्तो अनुभूति व्यक्त गर्नुभएको थियो ।

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ ०९:४६ बजे
अष्टेलियामा ओमशान्तिको सामुहिक फोटो

 काठमाडौं । मातृभूमि नेपालदेखि टाढा रहेर अष्टेलियालाई आफ्नो कर्मभूमि बनाउनुभएका नेपालीहरुलाई देशको संस्कृति र आध्यात्मिकताको पुनर्ताजगी गराउँदै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयनेपालका निर्देशक प्रथम नेपाली ब्रह्माकुमारी राजयोगिनी परिणीता दिदी  एवं महासचिव राजयोगी ब्रह्माकुमार शैलेष हुनुहुन्थ्यो !२९ डिसेम्वर २०२२ मा अष्टेलियाको लागि प्रस्थान गर्नुभएका निर्देशक र महासचिव ले ३ जनवरी २०२३ देखि अष्टेलियाको क्यान्बेरावागा वागासिड्नीसेन्ट्रल कोस्टमेलबर्नएडिलेडहोबार्ट र ब्रिस्बेन गरेर जनवरी २० तारिखसम्म हजारौं नेपालीहरुसँग स्नेह मिलन एवं आध्यात्मिक ज्ञान चर्चा गर्नुभएको छ । वहाँहरु अष्टेलियाका विभिन्न राज्य एवं शहरहरुमा विशेष आध्यात्मिक कार्यक्रमका साथ खास नेपाली आमा बुवा दाजु भाइ दिदी बहिनीहको ईश्वरीय पालनामा अनवरतरुपमा लागिरहनुभएको छ ।२०२३ जनवरी ३ मा राजधानी क्यानबेरामा अष्टेलियाका लागि नेपाली राजदुत  कैलाश राज पोख्रेल सँग राजदूतावासमा भएको स्नेह मिलन पश्चात् ईश्वरीय उपहार समेत प्रदान गर्ने कार्यक्रम रहेको थियो ।

दक्षिण अष्टेलियाको एडिलेडमा ओस्मोन्ड टेरेसनरवुडमा भएको मुख्य कार्यक्रम द रियल वेल्थ अफ लाइफपश्चात् दक्षिण अष्टेलिया एडिलेडका लागि नेपालका महावाणिज्यदूत  दिपक धमला ले दुवै प्रभुरत्नहरुलाई विशेष अभिनन्दन गर्नुभएको थियो ।त्यस्तैगरी गैर आवासीय नेपाली महासंघ  दक्षिण अष्टेलियाका प्रमुख रेनुका लामा ले समेत खुल्ला हृदयले वहाँहरुलाई स्वागत अभिनन्दन गर्नुभएको थियो ।सोही क्रममा क्यान्बेराको नेपाली कम्युनिटीवागा वागाको नेपाली कम्युनिटी र ग्लीनवुड वेस्ट्रन सिड्नीका नेपाली र भारतीय कम्युनिटीसँग अलग अलग भेटघाट एवं ज्ञान चर्चा भएको थियो । यसै दौरान एडीलेडमा रहनुहुने अध्यात्मप्रेमी नेपाली दाजु भाइ दिदी बहिनीहरुसँग ज्ञान चर्चा गर्ने क्रममा नेपालीहरुको उत्साहजनक उपस्थितिले गर्दा उहाँहरुले स्वयं नेपालमा नै भएको जस्तो अनुभूति व्यक्त गर्नुभएको थियो ।

  नेपालकै पहिलो नेपाली ब्रह्माकुमारी एवं पश्चिम नेपालको ब्रह्माकुमारीजका निर्देशक  परिणीता दिदीले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित म र मेरो भूमिकाको सत्य सम्भावनाको खोजी विषयक कार्यक्रममा प्रवचन दिने क्रममा कसैबाट केही अपेक्षा नगरी समभावका दृष्टिकोणका साथ निःस्वार्थ रुपमा निरन्तर सेवाभाव प्रदर्शन गरी सबैलाई आफ्नो सेवा प्रदान गर्न सकिंदा यसले स्वतः स्फूर्त रुपमा देवत्वकरण गराउने बताउनुभयो । सूर्यचन्द्रमाआगोपानीहावा आदिलाई आफ्नो भनाइको उदाहरणको रुपमा पेश गर्दै यी सबैले आआफ्नो धर्म अनुरुप सबैलाई समान रुपमा निरन्तर सेवा प्रदान गर्नुकै परिणाम यी सबैलाई हामीले देवताको रुपमा पूज्ने गरेको बताउनुभयो । परिवारसमाज एवं हरेक क्षेत्रमा एक अर्कामा व्यापार भाव प्रदर्शन गरिनाले भौतिक सम्पन्नताको बाबजूद पनि सुखमय जीवन यापनबाट सबै बन्चित हुन परेको बताउँदै परिणीता दिदीले सुख प्राप्तिका लागि प्रेमभाव र आत्माउन्मुख अनिवार्य शर्त भएको बताउनुभयो । बुद्वभूमि र तपोभूमि नेपाल छोडेर आएको भएतापनि मेलबर्नमा आयोजित कार्यक्रमको वातावरणका कारण नेपालमा नै रहेको अनुभूति व्यक्त गर्नुभएकी परिणीता दिदीले उपस्थित सबैलाई केही समय ध्यान गराउनु भयो ।

वरिष्ठ राजयोग प्रशिक्षक एवं ब्रह्माकुमारीज नेपालका महासचिव राजयोगी शैलेष राज बराल ले प्रवचन दिने क्रममा सुख गन्तव्य नभएर दैनिक जीवनचर्याको अभिन्न अंग बनाइनुपर्ने र विश्वका करिब ७ अर्ब मानिसमा हरेक व्यक्ति बाँकी सबैसँग बिल्कुलै फरक हुने भएका कारण प्रत्येक व्यक्ति विेशेष उद्देश्यका लागि परमात्माद्वारा पठाइएकोले त्यो उद्देश्य प्राप्ति जीवनको उद्देश्य बनाइनाले सुखमय जीवन सम्भव हुन सक्ने बताउनुभयो । वहाँहरु ब्रह्माकुमारीजमा लामो समयदेखि आवद्व हुनभएका सदस्यहरुको निवास गृहमा समेत पुगी आत्मियता प्रकट गर्नुभयो ।

नेपालकै प्रथम ब्रह्माकुमारी परिणीता दिदी विदेशभूमिमा सनातन संस्कृतिको ध्वज फहराउन सफल ब्रह्माकुमारीजको तर्फबाट पुनः प्रथम नेपाली ब्रह्माकुमारी बन्नुभएको छ । अध्यात्मसंस्कृति र दर्शनको क्षेत्रमा राष्ट्रबाट विशेष सम्मान प्राप्त गरिसक्नुभएकी दिदी परिणीता ले अष्ट्रेलियामा रहने हजारौं नेपालीहरुलाई समसामायिक विषयवस्तु जस्तै आध्यात्मिक प्रविधिद्वारा दक्ष जीवनमा बढोत्तरीसम्बन्धको सुमधुरताद्वारा श्रेष्ठ संस्कृतिको निर्माण जस्ता प्रशिक्षणको माध्यमबाट नेपाली मनहरुको आशीर्वाद यतिवेला कमाइरहनुभएको छ ।

 

 

 

२०७९ माघ ८ ०९:४६ बजे

प्रतिक्रिया