हुस्सु-कुहिराेका कारण तराइकाे जनजिवन प्रभावित

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ ०८:०१ बजे
हुस्सु-कुहिराे

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  महाशाखाले जनाएको छ । 

आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राती बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का  पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका  केहि भू-भागहरूमा  बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०७९ माघ ८ ०८:०१ बजे

प्रतिक्रिया