आज सोनाम ल्होसारकाे अवसरमा सार्वजनिक बिदा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ ०७:५४ बजे
सोनाम ल्होछार

काठमाडौं । आज सोनाम ल्होछार मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन  प्रचलन रहेको छ । 

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । 

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

२०७९ माघ ८ ०७:५४ बजे

प्रतिक्रिया