अर्थतन्त्र सुधार्न खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा छौ : अर्थमन्त्री

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ७ १३:२८ बजे
अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् । 

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै देशको आर्थिक अवस्था र सामर्थ्यलाई  सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको  बताएका हुन् । उनले अर्थमन्त्रालय देशको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको  बताए । 

अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे । उनले गएको आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको  बताए । उनले देशले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या  रहेको अर्थमन्त्री पौडेलले साधरण खर्च लिमिट भन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए । 

२०७९ माघ ७ १३:२८ बजे

प्रतिक्रिया