गृहमन्त्री लामिछाने निरहि बन्दै

bimbonline डम्मर धामी
२०७९ माघ ७ ११:०५ बजे
गृहमन्त्री लामिछाने

काठमाडौं । जनताले परिर्वतन खोजेको भन्दै अहिले राष्ट्रिय राजनीतिमा विभिन्न नयाँ पार्टीहरूको उदय भयो ।नयाँ पार्टी मध्ये एक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो । पार्टी स्थापना भएको  ६ महिनामा नै  राष्ट्रिय पार्टीको हैसियत २० सिट  सहित राष्ट्रिय पार्टी बन्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने रहेका छन् । सभापति रबि लामिछानेको नेतृत्वमा तीन मन्त्री सहित एक राज्यमन्त्री सरकारमा सहभागी पनि भएका छन् ।  त्यसमध्ये लामिछानेले उपप्रधानसहित तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्  ।  लामिछानेको नागरिकता विवाद सर्वोच्च  अदालतमा विचारधिन रहेको छ । स्वार्थ बाझिने मन्त्रालय दिएको भन्दै गृह मन्त्री रबि लामिछानेको आलोचना पनि भइरहेको छ । 

मन्त्री भएको एक महिना नबित्दै मन्त्री  लामिछानेले आफैलाई आफूले नै खुइल्याउन  थालेका छन् । गत पुस २६ गते प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत लिदाँ हत्या आरोप लागेको नेकपा एमाले सांसद लक्ष्मी महतो पनि सहभागि रहेका थिए ।  महतोलाई अदालतले पक्राउ गर्ने निर्देशन दिइसकेको छ । गृहमन्त्रालयको जिम्मेवार समालेका रबि लामिछानेले उनलाई संसद्‍मा देखेनन् । सांसदको बैठक सक्किए पछि उनले महतोलाई पक्राउ गर्ने निर्देशन दिइसकेको बताएका थिए । 

गृह मन्त्रीले निर्देशन दिए पनि सांसद महतो भने पक्राउ परेका छैनन् ।  त्यसबारेमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि नेपाली कांग्रेसका सांसदले कुरा उठाए । उनले कांग्रेस सांसदको जवाफमा आफू विधि पद्धति भन्दा बाहिर नजाने भन्दै प्रश्नको आलटाल जवाफ दिए । यो जवाफ उनले आफैलाई खुइल्याउने बाहेक अरु केही होइन् ।

लामिछाने नेकपा एमालेको समर्थनमा गृह मन्त्री बनेको र उनलाई कार्वाहि गरे आफ्नो पद पनि जाने भएकाले उनले नेकपा एमालेका सांसदलाई कार्वाहि नगरेको सहजै अनुमान गर्न सकिन्छ । लामिछानेले आफ्नो पार्टीबाट अहिलेको सरकारमा मन्त्री  पठाउँदा पनि स्वार्थ बाँझिने मन्त्री पठाएका छन्  ।

उनले मेनपावर व्यवसायी डोल प्रसाद अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिए । यो विषयमा पनि लामिछानेले प्रमाण भए ल्याउन र कार्वाहि गर्न भनेका छन् ।  तर मन्त्री अर्याल श्रृष्ठि ओभर्सिस इम्प्लोइमेन्ट सर्भिका  अन्तराष्ट्रि बजार निर्देशक रहेको स्पष्ट रहेको छ ।  फोहोरको कसिंगर सफा गर्छु भन्दै राजनीतिमा आएका लामिछाने सत्ता स्वार्थको महले त्यसमै  लिप्त् भएको प्रष्ट हुन्छ । 

२०७९ माघ ७ ११:०५ बजे

प्रतिक्रिया