आर्थिक अनुशासन पालना गर्न प्राधिकरणलाई पर्यटनमन्त्रीको निर्देशन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १४:३१ बजे
पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्राधिकरणबाट ब्रिफिङ लिने क्रममा मन्त्री किरातीले वित्तीय र आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणका अधिकारीहरुलाई निर्देशन  दिएका हुन । 

उनले प्राधिकरणमार्फत सञ्चालित विकास निर्माणका काम समयमै परिणाममुखी ढंगले सम्पन्न गर्न निर्देशन दिए । हवाई सुरक्षामा अधिकतम ध्यान दिन आग्रह गर्दै उनले नागरिकलाई प्रदान गरिने सेवा प्रति प्रतिबद्ध रहन समेत निर्देशन दिएका छन् । 

२०७९ माघ ६ १४:३१ बजे

प्रतिक्रिया