उपसभामुखमा कांग्रेसबाट मुक्ता यादव र रास्वपाकी इन्दिरा राना मगर बिच प्रतिस्पर्धा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १४:११ बजे
उपसभामुख

काठमाडौं । उपसभामुखको चयनका लागि  भोलि  चुनाव  हुँदैछ ।नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरे सँगै उपसभामुखमा पनि सत्तारूढ गठबन्धन र प्रतिपक्ष दल नेपाली कांग्रेस बिच प्रतिस्पर्धा हुने भएको छ । 

 नेपाली  कांग्रेसले यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जनाएका छन् । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरूको बैठकले यादवको नाममा सहमति  गरेका हुन् । 

धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

संसद् सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। सत्ता साझेदार गठबन्धनको तर्फबाट  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । 

२०७९ माघ ६ १४:११ बजे

प्रतिक्रिया