संरचना नभत्काउने र जग्गा खाली नगर्ने महानगरलाई नर्भिकको जवा

संरचना नभत्काउने र जग्गा खाली नगर्ने महानगरलाई नर्भिकको जवाफ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १३:४१ बजे
नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लि

काठमाडौं ।   नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिलाई काठमाडौं महानगरािलिकाले  नक्सा पास  नगरी बनाएको संरचना  खाली  गर्न  अरल्टीमेटम लिएको छ ।  नर्भिक इन्टरनेशल हस्पिटल प्रा।लिले भने काठमाडौँ महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।

काठमाडौँ महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने बताएको छ । 

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नु नपर्ने दाबी गरेका हुन् । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौँका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौता पत्रसमेत सार्वजनिक गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौता पत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरू बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाइ गरेको जानकारी दिए ।

२०७९ साउन २४ १३:४१ बजे

प्रतिक्रिया