शीतलनिवास छिर्न राष्ट्रपतिका लागि तछाडमछाड

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ ०८:४७ बजे
राष्ट्रपति

काठमाडौं । प्रतिनिधिसभामा सभामुखको निर्वाचन भएसँगै  सबै राजनीतिक पार्टीहरूको ध्यान राष्ट्रपतिमा ध्यान गएको छ । अहिलेको सबैको ध्यान  राष्ट्रपति कसलाई बनाउने र शीतल निवास कसलाई छिराउने भन्नेमा गएको हो । 

सत्ता साझेदारहरू दलहरू बिच भने राष्ट्रपति एमालेले पाउने सहमति भएको छ । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि राष्ट्रपति आफूले पाउनुपर्ने दावी गर्दै आएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले कांग्रेसले पनि अहिले नेकपा माओवादी केन्द्रको  साथ खोजी रहेको छ । 

नेपाली कांग्रेसले अहिले सत्ता गठबन्धन टुटाउन असफल भएको र आफूहरूको अबको मुख्य विषय राष्ट्रपति रहेको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् । राष्ट्रपतिकै विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले भने नेपाली कांग्रेसले नै प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । 

सत्ता साझेदार दलहरूबीच पनि राष्ट्रपतिको विषयमा कुरा बाँझिएको छ । नेकपा एमाले अध्यक्ष ओलीले भने सहमति अनसुार राष्ट्रपति एमालेले पाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने आफूहरू सहमतिको प्रयासमा रहेको बताएका छन् । 

२०७९ माघ ६ ०८:४७ बजे

प्रतिक्रिया