धवलागिरिमा बेपत्ता भएका देव लामा र बालकुमार कार्कीको शव ३ महिनापछि भेटियो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ १०:३८ बजे
शव

काठमाडौं । पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव  फेला परेको छ । उनीहरुको शव तीन महिनापछि फेला परेको हो । 

‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव भेटिएको हो । हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको हो ।

पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धवलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको छ । 

मृतक लामाको शव भने भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सले बताएको छ । कार्कीको शव एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट शव बाहनमार्फत काठमाडौँ ल्याइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले  बताएका छन् । 

लामाको शव ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको  जनाइएको छ ।  मृतक कार्कीको शवलाई हाल शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

२०७९ माघ ५ १०:३८ बजे

प्रतिक्रिया