लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ १४:५६ बजे
लुम्बिनी प्रदेशसभा

काठमाडौं । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ  ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन् । आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराएका हुन् । 

प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष उपसभामुखले शपथ लिएकी हुन्।

मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत् निर्विरोध चयन गरिएको थियो। प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए।

२०७९ माघ ४ १४:५६ बजे

प्रतिक्रिया