विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली घटनास्थलमा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ १४:२८ बजे
फ्रान्सेली टोली

 काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ पोखरामा पुगेकोे छ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ ।पोखरामा भएको विमान दुर्घटनामा कम्पनिको चासो रहेको छ । 

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि  पोखरामै रहेर काम थाले छ ।  जहाजको ब्ल्याक बम्स पाए पनि त्यसको रिपोट आउन समय लाग्ने भएको छ । 

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् ।

आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। पोखरामा भएको विमान दुर्घटनामा परी ६८ जनाको  मृत्यु भएको हो । 

२०७९ माघ ४ १४:२८ बजे

प्रतिक्रिया