सभामुखमा उम्मेदवारी दिने नेपाली कांग्रेसको निर्णय ,एमालेबाट देवराज

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ १२:०० बजे
सभामुख

 काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने टुंगो लागेको छैन ।

बुधबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने  जनाइएको छ ।  सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।  सभामुखको मतदान बिहीबार हुनेछ ।

२०७९ माघ ४ १२:०० बजे

प्रतिक्रिया