उपेन्द्रले यादवले मधेश प्रदेश सरकारका लागि देउवासँग मागे विश्वासको मत

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ ११:३० बजे
उपेन्द्र

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका काँग्रेससँग  विश्वासको मत माग्ने भएका छन् । अध्यक्ष यादव आज विश्वासको मत माग्न  लागि कांग्रस सभापती देउवाकहाँ पुगेका हुन् ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । आज बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

अध्यक्ष यादवले मधेश प्रदेशमा  आफ्नो  पार्टीबाट मुख्यमन्त्री  बनेको बताउदै उहाँलाई विश्वासको मत  माग्नका लागि आफुले देउवालाई भेटेको बताएका छन् ।  मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । 

२०७९ माघ ४ ११:३० बजे

प्रतिक्रिया