काठमाडौं । भरत दाहालले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा अमेरिकाद्वारा नयाँ सैन्य सम्झौता प्रस्ताव आएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'SSP कैं ब्यहोरा सामेल गरी अमेरिकाद्वारा नयाँ सैन्य सम्झौता प्रस्ताव पुष्पकमलको हातमा थमौती, नयाँ शरणार्थी भर्तीको गृहकार्य र तिब्बतीहरूलाई अधिकार सम्पन्न परिचयपत्र वितरणमा तिव्रता ,अमेरिकाले SPP सम्झौताकै ब्यहोरा राखेर नयाँ नाममा पठाएको सैन्य सम्झौताको मस्यौदा पुष्पकमलको टेबुलमा पुगेको जानकारी प्राप्त भएको छ तर यसलाई छिसिक्क बाहिर जान नदिन आफ्ना एकाध भरोसायोग्य व्यक्तिहरूलाई उनले कडा निर्देशन दिएका छन्।
नेपालमा २० हजार जति नयाँ शरणार्थी दर्ता गराउनका लागी सिफारिसको गृहकार्य गृहमन्त्रालयमा गुपचुप रुपमा सुरु गरिएको छ। तिब्बती शरणार्थीहरूलाई विशेष अधिकार सहितको परिचयपत्र पनि गुपचुप रुपमा वितरण भैरहेको छ। दलालहरूले देशलाई विदेशी चक्रव्यूहमा फसाउँदैछन्।'
प्रतिक्रिया