रुपन्देहीको तिलोत्तमाबाट हतियारसहित २ जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १९:३९ बजे
हतियारसहित २ पक्राउ

बुटवल । हातहतियार र विस्फोटक पदार्थसहित रुपन्देहीको तिलोत्तमाबाट  दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका–४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बसोबास गर्दै आएका नवीनचन्द्र रेग्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले आजै मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका रेग्मी र कार्कीलाई दुबै जनालाइ सार्वजनिक गरेको हो ।

उनीहरुले बुटवलका व्यवसायीलाई ज्यान मार्ने धम्की दिँदै त्रास फैलाएको उजुरीका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो ।

बुटवल – ११ देवीनगरबा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी)दानबहादु थापाले जानकारी दिए ।

उनीहरुको साथबाट रिभल्वर थान १, मोबाइल ३ थान, ९ एमएमको गोली १४ राउण्ड, ७.६२ एमएमको गोली ४ राउण्ड, ०.२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हातहतियार तथा विस्फोटक पदार्थ कसूरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

२०७९ माघ ३ १९:३९ बजे

प्रतिक्रिया