आउनासाथ सबै नीति फेर्नतिर लाग्दिन : मन्त्री पौडेल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १४:५७ बजे
परराष्ट्रमन्त्री डा. विमला राई पौडेल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले  नागरीकलाई सेवा दिने कुरा आफ्नो प्रथमिकतामा रहेको बताएकी छन् । 

आज मङ्गलवार परराष्ट्र मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले मन्त्रालयबाट नागरिकमा प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको बताउनुभयो । नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने  बताएकी हुन् । 

उनले भनिनन् 'आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिन । नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार अघि बढ्ने हो । मान्छेपिच्छे परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन । यति धेरै विज्ञहरू हुनुहुन्छ, भइरहेका नीतिमा खाडल छन् भने मिलाउँछौँ । हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुत हुन्छौँ, हाम्रो इमेज त्यही हो । नेपालको सीमा विवादका विषयमा भने अहिल्यै बोल्नु हतार हुन्छ । नागरिकमा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरूसँगको सहकार्य रहने छ । तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने छु ।’

२०७९ माघ ३ १४:५७ बजे

प्रतिक्रिया