स्वास्थ्यमन्त्री गिरीकाे अस्पतालमा न्यूनतम सेवा मापदण्ड तोक्ने पहिलो निर्णय

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १४:४९ बजे
स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी पद ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गरेका छन् ।

मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

राज्यमन्त्री डा.कार्कीका अनुसार न्यूनतम सेवा मापदण्डमा कुन अस्पतालले कुन सेवा दिने भन्ने किटान हुनेछ । मापदण्डमा आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, क्षेत्रीय अस्पताल र माथिल्लो अस्पतालमा हुुनुपर्ने सेवा, उपकरण, कर्मचारीको दरबन्दी आदि उल्लेख हुनेछ । 

२०७९ माघ ३ १४:४९ बजे

प्रतिक्रिया