राहदानी विभागमा जान मन्त्रालयले दिएको निर्देशन कम्युटर अपरेटरहरुले टेरेनन्

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १४:१४ बजे
कम्युटर अपरेटरहरु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहदानी विभाग र कन्सुलर विभागमा खट्न निर्देशन दिएका कम्युटर अपरेटरहरुले  मन्त्रालयको निर्देशनको वेवास्ता गरेका छन् । मन्त्रालयले १७ पुसमा २८ जना कम्प्युटर अपरेटरहरुलाई कामकाजका लागि राहदानी र कन्सुलर जान निर्देशन गरेको थियो । 

तर सामान्य प्रशासन मन्त्रालयको निर्देशन पछि पनि  कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभाग गएका छैनन् । विभागले जनशक्ति अभाव भएको भन्दै मन्त्रालयसँग कम्प्युटर अपरेटर मागेपछि मन्त्रालय, आयोग लगायत कार्यालयहरुबाट ३ महिने काजमा कर्मचारी पठाउने निर्णय भएको थियो । उक्त निर्णय अनुसार २–३ जना मात्रै अपरेटरहरुले राहदानी विभाग गएका छन् ।

मन्त्रालय स्रोतका अनुसार कम्प्युटर अपेरटरहरु विभागमा काम धेरै हुनेभन्दै जान नमानेका  जनाइएको छ । उनिहरुलाई ३ महिनाको लागि मात्रै  जान भनेको जनाइएको छ ।   उन्य क्षेत्रको भन्दा राहादानि विभागमा कामको चाप धेरै हुन्छ । 

राहदानी र कन्सुलर विभागले अपेरटरहरु नआएको भन्दै सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराएपछि पछि यथासिघ्र हाजिर हुन लिखित निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले कम्प्युटर अपरेटरहरुको नाम सहित एक सूचना जारी गर्दै निर्देशन दिएको हो । मन्त्रालय, आयोग, अन्य निकायबाट कामको चापको आधारमा तीन –तीन महिनाको लागि पालैपालो कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभागमा काजमा खटाउने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नियुक्ति पछि सचिवहरुलाई ३० बुँदे निर्देशन दिने क्रममा राहदानीमा लिने सेवाको समस्या एक महिना भित्र हल गर्नुपर्ने बताएका थिए । सोही निर्देशनको आधारमा मन्त्रालयले काजमा राहदानी विभागलाई थप जनशक्ति(कम्प्युटर अपरेटर) उपलब्ध गराउने निर्णय गरेको  हो । 

२०७९ माघ ३ १४:१४ बजे

प्रतिक्रिया