पोखराबाट २५ जनाको शव काठमाण्डौ ल्याइयो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १३:५४ बजे
rss

काठमाडौं । पोखरामा आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाण्डौ ल्याइएको छ । 

नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट शव भर्खरै काठमाण्डौ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ । क्यानका अनुसार बाँकी २३ वटा शव भने अर्को हेलिकप्टरबाट काठमाण्डौ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भइ आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ । 

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकप्टर अवतरण गर्ने तयारी गरिए पनि त्यहाँ हुन नसकेपछि फेरि विमानस्थलमा अवतरण भएको छ । विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताउनुभयो । 

थप शव लिन त्यही हेलिकप्टर पोखरा जानेछ । दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले शव खोजी गरिरहेको क्यानले छ । रासस 

२०७९ माघ ३ १३:५४ बजे

प्रतिक्रिया