कक्षा १ मा विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा लिन नपाइने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १०:४० बजे
विद्यार्थी भर्ना
काठमाडौं । कक्षा १ मा विद्यार्थीलाई भर्ना गर्दा  अब देखी विद्यालयले प्रवेश परिक्षा लिन नपाउने भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेको हो । यो निणर्यसँगै  शाखाले सम्बन्धीत सबैलाई निर्देशन पनि जारी गरेको छ । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न  समेत रोक लगाएको छ । 
कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि aसबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन  दिएको छ । 
अहिले सहरका विभिन्न ठाउँमा कक्षा १ मा विद्यार्थीलाई प्रवेश परीक्षाका लागि भनेर महिनौँदेखि घोकाउने तथा कण्ठस्थ गराउनेजस्ता गतिविधि भइरहेका छन् ।
२०७९ माघ ३ १०:४० बजे

प्रतिक्रिया