बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १०:२९ बजे
बाग्मती प्रदेश

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत  लिने भएका छन् । आज दिउँसो साढे १२ बजे प्रदेश सभा बैठकमा आफूले उनले  विश्वासको मत लिन लागेका हुन् । 

संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्री जम्मकट्टेलले  आज प्रदेश सभामा विश्वासको मत लिन  लागेका हुन् । 

उनले पुस २५ गते बाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

उनी प्रदेश सभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री  बनेका हुन् । उनीनेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका २ सांसद गरी ७० जनाको समर्थनमा मुख्यमन्त्री बनेका  हुन् । 

२०७९ माघ ३ १०:२९ बजे

प्रतिक्रिया