एमालेबाट यी बन्दैछन् मन्त्री ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १०:२२ बजे
एमाले

काठमाडौं । आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेबाट चार मन्त्री र दुई राज्यमन्त्री हुने भएका छन् ।  यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्री भइसकेका छन् । 

सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने सहमती भएको हो ।  एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन्। उनीहरू चारै  जना यसअघि मन्त्री बनेका थिएनन्। 

त्यसैगरी दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको छ । 

यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन्। 

एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने देखीएको छ । 

२०७९ माघ ३ १०:२२ बजे

प्रतिक्रिया