पोखरा विमान दुर्घटना : भेटियो ‘ब्ल्याक बक्स’

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २ १२:४७ बजे
पोखरा विमान दुर्घटना

पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।  विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण  मानिने ब्ल्याक बक्स आज बिहान भेटिएको  नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले बताएका छन् । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’  रहेको हुन्छ ।

आज भेटिएको 'ब्ल्याक बक्स' सेनाको जिम्मा लगाइएको छ । 'ब्ल्याक बक्स' आज काठमाडौं ल्याउने योजना रहेको । 

हिजो दुर्घटनामा परेको उक्त जहाजमा  चालक दलका ४ सदस्य सहित ७२ जना सवार रहेका थिए । दुर्घटनामा ६८ जनाको ज्यान गएको छ । भने, ३ जनाको जिवित उद्धार गरीएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरु मध्ये  २६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु भएर पहिचान खुलेका शव आजै परिवारलाई जिम्मा लगाइँदै छ भने, पहिचान नखुलेका शव काठमाडौं  पठाइने छ । 

२०७९ माघ २ १२:४७ बजे

प्रतिक्रिया