चितवनमा सञ्चालनमा आयो राईको वाटर इन्टरटेनमेन्ट प्रा.लि.द्वारा निर्मित ३ तले राईनो क्रुजशिप

RHINO CRUISESHIP

bimbonline डम्मर धामी
२०७९ माघ २ १०:५० बजे
RHINO CRUISESHIP

काठमाडौं । राईको वाटर इन्टरटेनमेन्ट प्रा.लि.द्वारा निर्मित राईनो क्रुजशिप( RHINO CRUISESHIPसंचालनको आएको छ । उक्त शिप माघ १ गतेबाट सञ्चालनमा आएको हो । शिपको करिब २ वर्ष पहिलेनै सफल परिक्षण गरीएको थियो ।  कोराना महामारीका कारणले उक्त शिप सञ्चालनमा आउन सकेको थिएन् । अब (RHINO CRUISESHIP ) पूर्ण रूपमा व्यवसायीक ढंगले सञ्चालनमा आउने  कम्पनीले जनाएको छ । 


निर्माण कार्य सुरुवातदेखि यसविचमा देखिएका विश्वव्यपि महामारी, आर्थिक मन्दी र नेपालमा विलकुलै नयाँ जल परियोजना भएका कारण नीतिगत रुपमा देखिएका समस्याले परियोजना समयमा नै सुचारु हुन नसकेको  कम्पनीले जनाएको छ ।  

क्रुजशिपका विशेषताहरू

उक्त शिप ३ तलाको रहेको छ । हाललाई १८० यात्रुलाई सयर गराउन सक्ने  क्षमता रहेको छ । यसको पुरा क्षमता भने  २०० यात्रुलाई सयर गारउने रहेको छ । प्रति यात्रुको रु. १०,००,०००/– बिमा गरिएको छ । यो शिप कोलकत्ताबाट ल्याइएका लाइसेन्स प्राप्त अनुभवी क्याप्टेन द्वारा क्रुजिङ गराउने डबल इन्जिन भएको नर्वेजियन प्रविधि तथा इन्डिया केरलाका प्राविधिकहरुद्वारा निर्माण गरिएको हो । ब्रेकफास्ट क्रुजिङ, लन्च क्रुजिङ ,डिनर क्रुजिङ ,इभेन्ट (विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वेडिङ एनिभर्सरि) क्रुजिङ र अन्य स्पेसल क्रुजिङकाे पनि व्यवस्था रहेको छ । 


क्रुजशिप सञ्चालन हुने रुट

शिपले ४० किलोमिटर सञ्चालन अनुमति प्राप्त भएपनि अहिले नदीले बाटो परिवर्तन गरेको, नदिको पानीको सतहवर्षभरिकै न्युनतम अवस्थामा अईपुगेको र ठाउँठाउँमा नयाँ र्यापिडहरु वनाएको कारणले लामो दुरीमा सञ्चालन गर्न नसकिने र प्राविधिकले रुट फाइन्डिङ गरिरहेकोले उपयुक्त रुट डिफाइन भएपछि लामो दुरिमा जलयात्रा  गर्ने भएको छ । क्रुजिङको समय सामान्यतया बढिमा १ घण्टा, इभेन्ट अनुसार समय थपघट हुन सक्ने मक्पनिले जनाएको छ । 

टिकट दर
१. टिकट मात्र रु. ७००/–
२. ब्रेकफास्ट क्रुजिङ (रु. १५००/–)
३. लन्च क्रुजिङ (२०००/–)
४. डिनर क्रुजिङ (२५००/–)
५. इभेन्ट (विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वेडिङ एनिभर्सरि, सभा सम्मेलन) क्रुजिङ
६. अन्य स्पेसल क्रुजिङ

२०७९ माघ २ १०:५० बजे

प्रतिक्रिया