पोखरा विमान दुर्घटना : विमानमा नेपाल ,भारत ,रुस, कोरिया र आयरल्याण्डका यात्रुहरु रहेको खुल्यो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १३:२१ बजे
पोखरा विमान दुर्घटना

काठमाडौं । आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार रहेका थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

२०७९ माघ १ १३:२१ बजे

प्रतिक्रिया