पोखरा विमान दुर्घटना : ३५ जनाको शव भेटियो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १२:५१ बजे
पोखरा विमान दुर्घटना

काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले ३५ जनाको शव भेटिएको बताएका छन् । 

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको हो । यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए । 

२०७९ माघ १ १२:५१ बजे

प्रतिक्रिया