पोखरा विमान दुर्घटना : ३२ जनाको शव निकालियो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १२:१७ बजे
पोखरा विमान दुर्घटना

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा  दुर्घटनामा परेको हो । 

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेटमा दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

२०७९ माघ १ १२:१७ बजे

प्रतिक्रिया