दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली र १० विदेशी नागरिक सावार थिए

अहिलेसम्म २० बढीलाई दुर्घटनास्थलबाट निकालिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १२:१० बजे
विमान दुर्घटना

काठमाडौं । यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको जनाइएको छ । 

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

खरामा भएको यती एयरलाइन्स दुर्घटनापछि अहिले उद्धार कार्य जारी रहेको छ ।  दुर्घटनापछि अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् ।

अहिलेसम्म २० बढीलाई दुर्घटनास्थलबाट निकालिएको छ । उनीहरुको अवस्थाका बारेमा अहिले भन्न नसकिने प्रहरीले जनाएको छ ।

२०७९ माघ १ १२:१० बजे

प्रतिक्रिया