नेप्से फेरी ओरालो यात्रामा

नेप्से फेरी ओरालो यात्रामा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १६:०५ बजे

काठमाडौं ।  साताको पहिलो दिन  सामान्य  अंकले  उकालो लागे नेप्से  आज भने  ओरालो लागेको छ । साताको दास्रो दिन आज (सोमबार) नेप्से १७.६७ ओरालो लागेको हो । आज नेप्से ओरालो लागे सँगै   २१०६.१६ विन्दुमा  झरेको छ ।  

आज  नेप्से ओरालो लागे पनि  कारोबार रकममा भने सामान्य  सुधार भएको छ ।   आज  २ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । हिजो

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २० करोड ७१ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको १० करोड ८५ लाख, नागरिक लगानी कोषको ८ करोड २१ लाख, नेशनल हाइड्रोपावरको ७ करोड ६५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ७ करोड १८ रुपैयाँ माथिको कारोबार भएको छ ।

२०७९ साउन २३ १६:०५ बजे

प्रतिक्रिया