पोखराको खोँचमा दुर्घटनामा परेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना थिए

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ ११:४५ बजे
विमान दुर्घटना

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको (एन–एएनसी एटीआर) जहाज दुर्घटनामा परेको  हो । 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाज सेतीको खोँचमा खसेको र उद्धारको काम जारी रहेको  बताएका छन् । 

थप विवरण प्राप्त हुन सकेको छैन । स्थानीयहरुले दुर्घटनाक्षेत्रमा आगो लागिरहेको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो ।

२०७९ माघ १ ११:४५ बजे

प्रतिक्रिया