६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ ११:३७ बजे
विमान दुर्घटना

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा  दुर्घटना भएको छ । 

उक्त जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले  बताएका छन् । 


२०७९ माघ १ ११:३७ बजे

प्रतिक्रिया