नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ ०८:१६ बजे
उडान

काठमाडौं । नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको हो । 

एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान  हुने भएको हो ।

इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडान पनि बन्द रहेको थियो । 

विमानबाट इलाम–काठमाडौं करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब ८ बजे काठमाडौंबाट उडान गर्ने तालिका रहेको छ । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको छ । 

२०७९ माघ १ ०८:१६ बजे

प्रतिक्रिया