यस्तो छ आजको मौसम

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ ०८:०९ बजे
मौसम पूर्वानुमान

 काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको  जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशको प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु र कुहिरो रहेको छ।


आज दिउँसो प्रदेश नं १, मधेस प्रदेश लगायत  बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


 आज राती देशको  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ।


परामर्श 


 देशभर पहाडी तथा हिमाली धेरै भु-भागहरुमा र तराईका केही भू-भागहरुमा बादल लागेर तथा तराईका थोरै   भू-भागहरूमा  विहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।


२०७९ माघ १ ०८:०९ बजे

प्रतिक्रिया