आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने

परामर्श

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३० ०८:४२ बजे
बदली

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको  जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै   भू-भागहरूमा  हुस्सु-कुहिरो लागेको  छ।

आज दिउँसो  कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

भोली दिउँसो कर्णाली  प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

भोली राती कर्णाली  प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

परामर्श

तराईका थोरै   भू-भागहरूमा  हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध गरीएको छ । 

२०७९ पुष ३० ०८:४२ बजे

प्रतिक्रिया