विकृति

विकृति

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १५:५६ बजे
गोमा जोशी

  गोमा जोशी 

 विकृति

 तिम्रो रुप फेरिएछ आज

हिजो तिम्रो आगमनमा 

मेरि आमा अनि

हजुर आमाले

झुत्रो गुनियो चोलिमा सजिएर स्वागत गर्थे रे

तिम्रो रुप फेरिएछ

आज त तिम्रो आगमनको

पूर्व सन्ध्यामा नै

ऋण सापटी गरेरै भएपनी

हरियो सारी हरियो चुरा

अनि हरियो पोतेको

जोहो गर्नै पर्छ

किन कि मेरो श्रीमान् को

दिर्घायुको कामना गर्न

म भोक भोकै मरेर पनि

व्रत बस्नु पर्छ।।

अनि छिमेकीलाई देखाउने भएपनि

हरियो पहिरनमा मन्दिर धाउनै पर्छ।।

भो! अब त तिमिले मलाई

भ्रममा पार्न

बिकृती विसङ्गती

बोकेर नआउ

गरिबका लागि सास्ती बनेर नआउ

आउन त आउ

मेरो मन मस्तिष्कको भ्रम चिर्न आउ

सामाजिक विकृती विसङ्गती चिरेर

समाजिक सद्भाव बोकेर आउ 

स्वागत छ तिमिलाई । 


२०७९ साउन २३ १५:५६ बजे

प्रतिक्रिया