तीन हजार ५०० लागुऔषध दुर्व्यसनी अफगानिस्तानको पुनःस्थापना केन्द्रमा

bimbonline एजेन्सी
२०७९ पुष २९ ०८:५४ बजे
दुर्व्यसनी

काठमाडौं । अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले विगत दुई दिनमा पश्चिमी प्रान्त हेरातको राजधानी हेरातबाट तीन हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पुनर्स्थापना केन्द्रमा पठाएको छ । 

उनीहरूलाई पुनर्वास केन्द्रबाट डिस्चार्ज गरिसकेपछि उनीहरूको परिवारमा पुनस्मिलन गरिने बताइएको छ ।

गत दुई दिनमा चार लागुऔषध दुर्व्यसनीको मृत्यु भएको र पछिल्ला दुई महिनामा थप ४५ लागुऔषध दुर्व्यसनीको मृत्यु भएको पनि अधिकारिहरूले जनाएका छन् ।

तालिबान नेतृत्वको सरकारले गत वर्ष अप्रिलमा आदेश जारी गर्दै अफिम खेती र यसको प्रशोधनमा प्रतिबन्ध लगाएको थियो। त्यसबेलादेखि, अफगान प्रहरीले अवैध लागुऔषध विरुद्धको नियन्त्रण तीव्र पारेको छ।

२०७९ पुष २९ ०८:५४ बजे

प्रतिक्रिया