आफूलाई सुरक्षा जोखिम बढेको भन्दै मेयर बालेन्द्र साहले मागे पिएसओ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २९ ०८:४७ बजे
बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन् । आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेका जनाइएको छ । 

मौखिक रूपमा मागे पनि उनले लिखित निवेदन भने  नदिएकको जनाइएको छ ।  जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ । 

खासगरी सुकुमबासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको  बालेनको भनाई रहेको छ । अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन् । 

२०७९ पुष २९ ०८:४७ बजे

प्रतिक्रिया